२०८१ बैशाख १३ गते बिहिवार

कपिलबस्तुमा महिलाको हत्यापछि सबै औंला काटियो

औंला काट्नुको कारण आर्थिक लालच

दाङ, वैशाख ४ ।  चैत २० गते कपिलवस्तुको शुद्धोधन गाउँपालिका  ६ स्थित बेतिया नदीमा बोरा भित्र एक महिलाको शव तैरिरहेको अवस्थामा फेला प¥यो ।

अनुसन्धानबाट उनी रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ५ मनहरपुरकी ४२ बर्षीया सरजहा दर्जी रहेको पुष्टि भयो ।  

उनको बिहे  कपिलवस्तुको महाराजगञ्जमा विवाह भएको तथ्य प्रहरीले पत्ता लगायो ।   श्रीमानको मृत्यु भइसकेको हुँदा दर्जी विगत १३ वर्षदेखि माईतीमा बस्दै आएकी थिइन ।  

शब  निकाल्दा सडे गलेको अवस्थामा थियो । तर हातका औंलाहरु काटिएका स्पष्ट हुन्थ्यो । औंलाहरु काटिएको देखिएपछि त्यो हत्या हो भन्नेमा प्रहरी ढुक्क थियो । दर्जीको शव फेला परेको बोरा भित्र ढुँगा पनि थिए । शब संगै ढुंगा राख्नुको कारण त्यो पानी भित्रै डुबोस र पानीमाथि तैरिन नपावस भन्नका लागि थियो । 

दर्जीको पहिचान पछि उनका आफन्त र नजिकको सम्बन्ध भएका व्यक्तिहरुको प्रहरीले खोजी थाल्यो । त्यही क्रममा कपिलवस्तुको शुद्धोधन गाउँपालिका २ नन्दनगरका अब्दुल कलाम मुसलमान र बेलाल अहमद मुसल मानसंग दर्जीको राम्रो सम्बन्ध र चिनजान भएको तथ्य प्रहरीले पत्ता लगायो । कल डिटेलमा चैत १२ गते अब्दुल र बेलाले दर्जीलाई फोन गरेको देखियो । 

 उनीहरुले दर्जीलाई शुद्धोधन वडा नं. ३ हर्दिहवा भन्ने ठाउँमा बोलाएको कुरा खुल्यो । राम्रै चिनजाका साथीहरु भएको हुँदा दर्जीले शंका गरिनन् । 

उनीहरु केही बेर बेतिया नदी  छेउको गफिएर बसे । साँझ प¥यो ।  राति ९ बज्दै थियो । एकाएक  दुवैजनाले दर्जीको घाँटी अठ्याए । केही बेरपछि दर्जी शान्त बनिन । मृत्यु भइसकेपछि दुवै जना मिलेर दर्जीका दुबै हातका दशवटै औंला काटे । ती औंला पूर्व योजना अनुरुपा आफैंले ल्याएको प्लाष्टिक ब्यागमा राखे। इति गर्दासम्म रात छिप्पी सकेको थियो । दुबै मिलेर दर्जीको शव  बोरामा राखे । त्यसभित्र ढुँगापनि राखे । अनि नदीमा लगेर फालिदिए ।

पाप धुरीबाट कराउँछ । यहाँ पनि यस्तै भयो । जति ढुँगा बोरा भित्र राखेपनि शब पानीमाथि तैरियो । अनुसन्धान गर्दै जाँदा उनीहरु पक्राउ परे । झन्डै दूई हप्ता लामो अनुसन्धान पछि महिलाको हत्या गरी शरीरका अंगहरू बेचविखन गर्ने गिरोहलाई कपिलवस्तु प्रहरीले पक्राउ गर्न सफल भयो । 

तान्त्रिक कामको लागि मानिसको औंलाहरू चाहिने र औंला काटेर ल्याएमा लाखौं रकम प्राप्त हुने प्रलोभनका कारण उक्त  गिरोहले दर्जीका औंलाहरु काटेको रहेछ । 

पक्राउ पर्नेहरुमा ३९ वर्षीय अव्दुल कलाम मुसलमान र ४५ वषर््ीय बेलाल अहमद मुसलमान रहेका छन् । त्यस्तै  शुद्धोधन ५ का ५५ वर्षीय रामहरव यादव, रूपन्देही सैनामैना नगरपालिका १ बनकट्टाका ६७ वर्षीय कर्णबहादुर सुनार र नवलपरासीको मध्यविन्दु नगरपालिका ७ घर भई हाल बुटवल उपमहानगरपालिका वडा न.ं ९ शिबनगर डेरा गरी बस्ने ६७ बर्र्षीय खेमबहादुर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जानकारी दिएको छ । 

प्रहरीले उनीहरुका बिरुद्ध  संगठित अपराध, कर्तव्य ज्यान तथा मानव बेचविखन तथा ओसारपसार कसुर सम्बन्धि मुद्दा चलाएर कारवाही अगाडि बढाएको जानकारी दिएको छ 

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *