२०८१ बैशाख १३ गते बिहिवार

कोहलपुरमा दूर्घटना : मृतक पाँचै जनाको सनाखत

दाङ, वैशाख ४  । बाँकेको कोहलपुरमा यात्रु बहाक बस र टिप्पर एक आपसमा ठोक्किदा भएको दूर्घटनामा परि मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ । 

इलाका प्रहरी कार्यालय कोहलपुरका असई शेरबहादुर बारघरेका अनुसार दूर्घटनामा परि ज्यान गुमाएका मध्य अन्दाजी ३२ बर्षीया महिलाको शनिवार बिहान सनाखत भएको छ । 

उनी सिराहा जिल्लाको सुखीपुर गाउँपालिका वडा नं. ३ की अम्बिका कान्ती रहेको खुल्न आएको असई बारघरेले बताए । कान्ती शिक्षाका लागि खाद्य कार्यक्रम सुर्खेतमा कार्यरत कर्मचारी रहेको भन्ने खुल्न आएको पनि बारघरेले जानकारी दिए ।

यसअघि शुक्रवार राति अवेर मृतक मध्य थप चार जना पुरुषको सनाखत भइसकेको थियो ।  जसमा कोहलपुर नगरपालिका वडा नं. १२ का २१ बर्षीय उदय बाँठा, कोहलपुर १३ का २५ बर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत जिल्लाको साटाखानीका ४० बर्षीय जिवनकुमार बिक र झापा जिल्लाको मेचिनगरपालिका वडा नं. १० का ४५ का छत्रबहादुर कटुवाल रहेका थिए ।  

मृतक मध्य कोहलपुरका दूई जना टिप्परका चालक र परिचालक रहेको प्रहरीले जनाएको छ । मृतक अन्य तीनजना बसमा सवार व्यक्ति रहेको प्रहरीले जनाएको छ । यात्रु हुन । 

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो । घाइते सबैको कोहलपुरमै उपचार भइरहेको छ । 

दूर्घटनामा परि कुल ३७ यात्रु घाइते भएकोमा ७ जनाको अवस्था गम्भी रहेको भएपनि शनिवार बिहान सम्म सबैको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको जानकारी दिइएको छ । घाइतेको उपचारमा संलग्न चिकित्कसका अनुसार सबै घाइते अब खतरा मुक्त रहेका छन् । 

 सुर्खेतबाट धरानका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस र विपरित दिशा तर्फ जाँदै गरेको ना  अ अ प ४१ नम्बरको टिप्पर शुक्रवार बेलकी साढे पाँच बजेतिर कोहलपुर नगरपालिका–१३, रोहिणी खोला नजिकै एक आपसमा ठोक्किदा उक्त दूर्घटना भएको थियो । तीव्र गतिका कारण उक्त दूर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *