२०८१ जेष्ठ १५ गते मङ्गलवार

नेपालगञ्जमा सुर्खेतका ३१ बर्षीय कोरोना संक्रिमितको मृत्यु

दाङ, बैशाख ३ । नेपालगञ्जमा सुर्खेतका ३१ बर्षीय एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।सुर्खेतको गुर्भाकोट १३ का ती युवकको भेरी अस्पताल नेपालगञ्जमा शुक्रवार बिहान ७ ः ३५ बजे मृत्यु भएको हो ।बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार ती युवक एक हप्ता अगाडि मात्रै भारतबाट घर आएका थिए ।

उनलाई स्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि चैत ३१ ग्ते नेपालगञ्ज मेडिकल कलेजमा पुगेर पिसिआर परीक्षण गर्दा संक्रमन पुष्टि भएको थियो । उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।

फोकल पर्सन वलीका अनुसार मृतकमा यसअघि कुनैपनि प्रकारको दीर्घ रोगको समस्या थिएन । यो संगै बाहिरी जिल्लाबाट बाँके उपचारका लागि लगिएका ९३ जनाको हालसम्म कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ । त्यस्तै बाँके जिल्लाका थप ५९ जनाको यो बीचमा मृत्यु भएको छ । बाँकेमा हालसम्म कुल १५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *