२०७८ बैशाख ३१ गते शुक्रवार

यी हुन दंगालीले दुःख कष्ट झेल्दै आएका चर्चित सात समाचार…

घोराही, वैशाख २ । सरोकारवालाहरुले स्पष्ट जानकारी पाएर पनि समाधान हुन नसकेका दाङ जिल्लाका मुख्य चार समाचारहरुले प्रार्थमिकता नपाएको यहांका नागरिकहरुले व्यापक गुनासो गर्दै आएका छन् । जिल्ला एवं जिल्ला वाहिरबाट आएका नागरीकहरुले गरेका गुनासाहरु हुन् ।

पत्रेखोलाः समाचार नंवर एक । पत्रेखोलामा विगत ६ बर्षदेखि निर्माणधिन पुलबन्न नसक्नु त दुर्भाग्यकै विषय भयो । तर पत्रेखोलाको ठिक पश्चिम पट्टिको बाटो क्रस गर्ने सवारी साधनलाइ मुस्कील छ । कालोपत्रे भत्कंदै सोनापुर सिमेन्ट पुग्न थाल्यो । यो घोराही—तुलसीपुर सडक हो वा घोराही— होलेरी सडक? सडक डिभिजन कार्यालय, यहांका पालिकाका प्रमुखहरु तथा सिडियो सापले देख्नुभएको छैन कि । एक पटक यी सवै निकायका अधिकारीहरुले पत्रेखोला पश्चिमको सडक खण्ड नजर गर्ने कि!

तुलसीपुर चौकः समाचार नंवर दुइ । घोराहीको मुटु तुलसीपुर चौकमा तुलसीपुरतर्फबाट आएका कारचालकहरुले यो चोक काट्नै मुस्कील छ । सायद सडक डिभिजन कार्यालयका प्रमुख तथा अधिकारीहरुले यो चोक कार वा मोटरसाइकलमा क्रस गरेको भए थाहा हुन्थ्यो कि । घोराहीका नगर प्रमुखलाइ पनि यसको दुर्दशावारे जानकारी हुनुपर्ने होइन र? बर्षातभरी हिलाम्मे, हिउदभरी धुलाम्मे मात्र होइन, वाह्रै महिना खाल्टैखुल्टा । दक्षिण साइडको आधा भाग कालोपत्रे, उत्तरपट्टिको हिलाम्मे र धुलाम्मे किन?

पुल भन्दा खोलै सजिलोः समाचार नंवर तीन । घोराही—तुलसीपुर सडक खण्डको सक्रामखोला पुल निर्माण भएको हो वा निर्माण सम्पन्नै भएको हो ।नागरिकहरुलाइ थाहा भएन । अचेल त पुलबाट सवारी चलाउनुभन्दा खोलाबाटै सवारी चलाउन सहज छ । किनकि पुलमा ब्रेकर राखिएको त यो नमुना पुलनै हो । पुलमाथी पटक पटक कालोपत्रे गर्ने अनि भत्कीरहने र फेरी ब्रेकर राखेर जोगाउन प्रयत्न गर्ने कुन देशको प्रविधि हो? नागरीकहरुले संबन्धित निकायको जवाफ खोजिरहेका छन् । पुलको वल्लो पल्लो भागमा किन धुलाम्मे छ, कसले गर्ने हो कालोपत्रे? पुल बन्नुपर्ने त ग्वारखोलाको जस्तो होइन र?

चारलेन सडकः समाचार नंवर चार । चारलेन सडकमा पनि जनताको चांसोले ‘हाइट’लिएको छ । संझौता भएको ३३ महिनामा निर्माण सम्पन्न हुने भनिएको कुइरेपानी—हात्तिखौला चारलेन सडक निर्माण संझौता भएको दुइ बर्षमा पनि गति लिन सकेन । चारलेन बनाउने नाममा भएको दुइलेनलाइ पनि सिंगललेनमा झारिएको छ । तथ्य इन्जिनियरीङले पेटि ठेकेदार पठाउन योग्यताको
सर्टिफिकेट नखोजेर समस्या भएको हो कि? पेटि ठेकेदार पेनाल्टी तिर्दै फेरींदै गर्दा जनतालाइ यहांका स्थानिय सरकारले जानकारी गराउनुपर्ने होइन र?

हात्तिपाइलेः यो स्वास्थ्य क्षेत्रको पांचौ नंवरको समाचार हो । यस पाली पनि जिल्लामा हात्तिपाइले रोग विरुद्धको औषधि खानेहरुको संख्या लक्ष अनुरुप पुगेन जतिसुकै सचेतनाका नाममा कार्यक्रमहरु गरिएपनि हात्तिपाइले नागरीकहरुले हात्तिपाइले विरुद्धको औषधि खाइदिएनन् । नियमित रुपमा खुवाउन सकेको भए ६ बर्षमै यो अभियान सकिने भएपनि हरेक नागरीकले नखाइदिंदा यो अभियान
एघारौं बर्ष सम्म लम्वियो ।

स्कुलमा औषधि पु¥याउंदा घरमा खाएको भन्छन्,घरमा लग्दा स्कुलमा खाएको भन्छन्, सवैभन्दा औषधि खुवाउन मुस्कील भनेकोशिक्षित वर्गलाइनै रहेछ भनेर एक जना स्वास्थ्यकर्मिले बताएकि थिइन् । सायद ५५ प्रतिसत माथि उक्लेन हात्तिपाइले खुवाउने अभियान ।

कोरोनाः समाचार नम्वर छ । कोरोना भाइरसको संक्रमण सिमावर्ति भारतबाटनेपालमा पनि व्यापक रुपमा फैलिएको छ । सायद परीक्षाको अन्तिम तयारीसंगै स्कुलमा अध्ययन गरीरहेका विद्यार्थिहरु अर्को सातादेखि घरमै बस्न बाध्य हुने छन्। किनकि स्थानिय पालिकाहरुले फेरी पनि स्कुलहरुलाइ क्वारेन्टाइन र क्याम्पसलाइ आइशोलेशन बनाउने दाउ गरीरहेका छन् ।

किनकि कोरोना संक्रमितको समेत उपचार प्रवन्ध मिलाउने गरी संघिय सरकारले बजेट दिएर शिलान्यास भएका अस्पतालहरु मध्ये एउटा अस्पताल पनि दाङमा बनिसकेको छैन । स्कुलहरुमा क्वारेन्टाइन,बेलझुण्डि विएएमएस क्याम्पसमा फेरी आइशोलेशन…।

नारायणपुर एयरपोर्टः चुनावी नारा हो कि तुलसीपुरको विमानस्थलको स्तरोन्नतीमा बजेट कटौति गर्न । नारायणपुर क्षेत्रमा विमानस्थल निर्माण गर्ने त दश बर्ष अघिको चुनावी नारा होइन र? खोइ विस्तृत परीयोजना प्रतिवेदन बनाउने काम सुरु भएको । भट्याउंदैमा बन्ने हो र? क्षेत्रीयस्तरको विमानस्थल । स्तरीय धावनमार्गको अभावसंगै ठुला जहाज नचल्दा दाङमा हवाइसेवा कुर्नुभन्दा नेपालगन्ज भैरहवा जानु नै वेश । टरीगाउंको विमानस्थलको स्तरोन्नती सेतो हात्तिको दांत हो र?

प्रकाशित मिति : २०७८ बैशाख २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *