२०८१ चैत्र ९ गते शनिवार

प्यूठान दूर्घटनामा मृतकको संख्या ५ पुग्यो

दाङ, बैशाख १ । प्यूठानको स्वर्गद्वारी जादै गरेको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा स्याङजाको कालिगण्डकी गाउँपालिका निवासी श्याम न्यौपाने,  कार्यालयका खरिदार गुल्मीको धुर्कोट गाउँपालिका ७ का ईश्वरी भण्डारी, कम्प्युटर अपरेटर रेसुङ्गा नगरपालिका  ७ का सुर्य पन्थी र गाडी चालक मुसीकोट ३ का केशव कार्की र धुर्कौटकै यमलाल पन्थीको दूर्घटनामा परि मृत्यु भएको छ । 

प्रशासकीय अधिकृत र चालकको घटनास्थलमै मृत्यु भएको थियो । अन्य तीन जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय गुल्मीका १२ कर्मचारी सवार लु १ ज १६५५ नंम्वरको जिप प्युठानको रुमाले भन्ने स्थानमा बुधबार बिहान दुर्घटनामा परेको थियो । उनीहरु स्वर्गद्धारी दर्शनका लागि जाँदै गर्दा दूर्घटनामा परेको प्रहरीले जनाएको छ । 

दुर्घटनाका अन्य घाईतेहरुलाई थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *