२०८१ बैशाख १२ गते बुधवार

सवारी दूर्घटनामा परि कपिलबस्तुमा पत्रकार पौडेलको मृत्यु

दाङ, चैत्र ३१ । कपिलवस्तुका पत्रकार नन्दराम पौडेलको सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।पत्रिकाको काम सकेर लु ५९ प ६४४१ नम्बरको मोटरसाइकल चलाएर घर फर्किदै गरेका उनी सवार मोटरसाईकललाई मंगलबार बेलुकी ना ४ ख ६२१७ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

पुर्वपश्चिम राजमार्ग अन्तरगत बाणगंगाकै चप्परगाउँ ट्रकले ठक्कर दिदा उनको घटनस्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यायल कपिबस्तुले जानकारी दिएको छ ।पत्रकार पौडेल बाणगंगा जितपुरस्थित बुद्धआवाज पत्रिकामा कार्यरत थिए । दूर्घटना लगतै ट्रक चालक फरार रहेको र खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *