२०८३ असार ३ गते बुधवार

नेपालमा गैंडाको संख्या बृद्धि भएर ७५२ पुग्यो

चितवन, चैत २७ । विश्वमै दुर्लभ मानिने एक सिंगे गैंडाको संख्या नेपालमा बढेको पाइएको छ । शनिवार सार्वजनिक तथ्याङ्क अनुसार नेपालमा हाल गैंगाको संख्या ७५२ रहेको छ ।

त्यसमध्य चितवनमा मात्रै गैंडाको संख्या ६९४ रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । नेपालमा पछिल्लो पटक सन २०१५ मा गैंडाको गणना गरिएको थियो।त्यतिबेला गणनामा चितवन निकुञ्जमा ६०५ वटा एक सिंगे गैंडा भेटिएका थिए । त्यस्तै देशभरमा ६ सय ४५ वटा गैंडा भेटिएका थिए।

यसपटक गैंडाको संख्या बढेको पत्रकार सम्मेलनमा वन मन्त्रालयका सचिव विश्वनाथ ओलीले जानकारी दिए । चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले चितवन निकुञ्जमा यो वर्ष प्राकृतिक कारणबाट २२ र सिकारीबाट ४ वटा गैंडा मारिएको बताए ।

गणनाका क्रममा जंगली हात्तीले आक्रमण गर्दा चितवन निकुञ्जमा ५ जना कर्मचारी घाइते भएका थिए। उनीहरूमध्ये एक जनाको अझै पनि काठमाडौंमा उपचार भइरहेको छ।

बर्दियामा एक जना गणकको बाघको आक्रमणबाट मृत्यु भएको थियो।नेपाल सरकारकै खर्चमा गैंडाको गणना भएको यो पहिलो पटक हो। गैंडा गणनाका लागि नेपाल सरकारले करिब एक करोड रुपैयाँ बजेट उपलब्ध गराएको थियो।

पर्सा राष्ट्रिय निकुञ्जबाट चैत ९ गतेदेखि गैंडा गणना सुरु भएको थियो । अन्तिममा चितवन राष्ट्रिय निकुञ्जमा गणना गरिएको हो । त्यसपछि शनिबार पत्रकार सम्मेलन मार्फत नतिजा सार्वजनिक गरिएको हो।

प्रकाशित मिति : २०७७ चैत्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *