काठमाडौं, चैत २६। नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार एक सय पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ७९ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म दुई लाख ७३ हजार ६ सय आठ जना निको भएका छन । नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण तीन हजार ३८ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७७ चैत्र २६ गते बिहिवार
