२०७८ बैशाख १ गते बुधवार

पाल्पामा कुखुरा बोकेको जिप दूर्घटना हुँदा २ जनाको मृत्यु

दाङ, कात्तिक २४ । पाल्पामा कुखुरा बोकेको जिप दुर्घटना हुँदा दूई जनाको मृत्यु भएको छ। सोमबार मध्यरातमा तानसेन नगरपालिका वडा नम्बर ७ काजिपौवामा लु २ च ६३२ नम्बरको जिप दुर्घटना हुँदा त्यसका चालक पाल्पाको बगनासकाली गाउँपालिका ४ का २० वर्षीय विजय खाम्चा र पाल्पा रिब्दीकोट गाउँपालिका ४ का २७ वर्षीय राज थापाको मृत्यु भएको छ ।

गम्भीर घाइते उनीहरूलाई यूनाइटेड मिसन अस्पताल पाल्पामा उपचारका लागि पु¥याउन साथ चिकित्सकहरूले मृत घोषणा गरेका थिए।तानसेनतर्फ आउँदै गरेको उक्त जिप सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । दूर्घटनाको कारण थाहाँ हुन नसकेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *