काठमाडौं, चैत २१। आज नेपालको मौसममा सामान्य बदली हुनेछ । स्थानीय वायुको सामान्य प्रभावका कारण मौसममा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुन सक्ने सम्भावना छ । अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रकाशित मिति : २०७७ चैत्र २१ गते शनिवार
