२०७८ बैशाख ३० गते बिहिवार

दाङमा बस दुर्घटना दुइको मृत्यु,अठ्ठाइस घाइते (नाम सहित)

दाङ, चैत २० । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घोराही-लमही सडकखण्ड अन्तरगत मुसोटमा भएको सवारी दुर्घटनामा लमही नगरपालिका- ९ पैते निवासी २९ बर्षिय अतिराम चौधरी र सैनामैना नगरपालिका रुपेन्देही निवासी २८ वर्षका यादव खनालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घोराहीबाट लमहीतर्फ जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुवाहक माइक्रोबस शुक्रबार बेलुका ५ बजेतिर घोराही- मसोटको ओरालोमा दुर्घटना भएको थियो । यात्रुबाहक बसले कारलाई ओरालोमा ठक्कर दिएर अनियन्त्रीत हुदा दुर्घटनामा परेको थियो। दुर्घटनामा २८ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्य एकजना एकजनाको अवस्था गम्भिर रहेको छ । ओरालोमा बसको ब्रेकफेल हुदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एव डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन ।

दुर्घटनामा लमही नगरपालिका- १ निवासी ४६ वर्षिय बेलपति तौधरी, सोही ठाउँ निवासी ७० वर्षिय लिलावति चौधरी, लमही नगरपालिका – १ निवासी ४० वर्षिय आशा चौधरी, लमही नगरपालिका -२ सोनपुर निवासी ५४ वर्षिय सीता चौधरी, लमही नगरपालिका-२ सोनपुर निवासी ५५ वर्षिय फुजुवा चौधरी र उनकी छोरी १६ वर्षिय ववि चौधरी, लमही नगरपालिका -२ निवासी ३० वर्षिय श्यामकुमारी चौधरी, लमही नगरपालिका- ५ कोलही निवासी १८ वर्षिय अनुजा चौधरी, लमही नगरपालिका -र ६ खैरी निवासी ६३ वर्षिय यमराज नेपाली घाइते भएका छन् ।

तेसैगरी लमही ६ निवासी ३९ वर्षिय निर्मला नेपाली, ३२ वर्षिय सुनिता नेपाली, ६१ वर्षिय जंगबहादुर घर्ती, २७ वर्षिय दिलु चौधरी, लमही नगरपालिका- ७ निवासी ३८ वर्षिय चन्द्रकलि चौधरी, लमही नगरपालिका – ९ निवासी ३२ वर्षिय कमल चौधरी घाइते भएका छन् । राप्ती गाउँपालिका- १ निवासी २८ वर्षिय दिलकुमारी चौधरी, राजपुर गाउँपालिका-१ गुरूङ्खोला निवासी २७ वर्षिय सावित्री वली,२ वर्षकी रोशी वली, राजपुर गाउँपालिका- ४ दुलहिया निवासी ४० वर्षिय फुलमाया घर्ती, रोल्पा परिवर्तन गाउँपालिका-१ निवासी खुरेली निवासी ५१ वर्षिय तेजप्रसाद घर्ती, ५४ वर्षिय लालमाया घर्ती, घोराही उपमहानगरपालिका-१५ निवासी १८ वर्षिय अञ्जना चौधरी,२० वर्षिय आरती कुवर,२० वर्षिय सितल कुवर, मोरङ घर भएका ३६ वर्षिय खड्कबहादुर श्रेष्ठ, घोराही उपमहानगरपालिका-२ रामपुर निवासी ३२ वर्षिय सुशीला पोख्रेल, १२ वर्षिय सिम्बोल सुवेदी, घोराही उपमहानगरपालिका- ७ निवासी ४५ वर्षिय श्यामकुमारी चौधरी घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते मध्य केहीलाई बुटवल रिफर गरिएको छ अन्यको घोराही रहेको राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान र लमहीअस्पतालमा उपचार भइरहेको छ । चालक फरार रहेका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *