दाङ,२० चैत । घोराही–लमही सडक खण्डको मसोट पुल नजिकै यात्रु बहाक बस दुर्घटनामा परेको छ । घोराहीबाट लमहीतिर जादै गरेको लु १ ख ९८६३ नम्वरको यात्रु बस साँझ साढे ५ बजेतिर घोराही–लमही सडक खण्डको मसोटको ओरालोमा दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
तर उनीहरुको सनाखत हुन सकेको छैन । दुर्घटनामा दुई दर्जन बढी घाइते भएका छन् । घाइतेहरुको उद्धार भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७७ चैत्र २० गते शुक्रवार