काठमाडौँ चैत्र १९ । काठमाडौं उपत्यकासहित प्रदेश नम्बर १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आज पनि पानी पर्ने सम्भावनारहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बुधबार साँझ काठमाडौंमा ९.८ मिलिमिटर वर्षा भएको छ। पानी परेसँगै काठमाडौं उपत्यका र आसपासमा केही दिनदेखि बढेको वायु प्रदुषण केही घटेको छ।
आज दिउँसो हिजोभन्दा बढी घाम लाग्ने र साँझतिर हिजोजस्तै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिहीबार बिहानदेखि काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्वुआई) २ सयभन्दामूनि झरेको छ। उता सुदूरपश्चिमको धनगढीमा भने वायु प्रदुषण घातक तहमा पुगेको छ।
प्रकाशित मिति : २०७७ चैत्र १९ गते बिहिवार
