२०८१ चैत्र ६ गते बुधवार

नेपालमा थप १६२ जनामा कोरोना संक्रमण

काठमाडौं, चैत १८। नेपालमा थप १६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ३९१९ मा पिसिआर गर्दा १६२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ।

पछिल्लो २४ घन्टामा ५९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ।

प्रकाशित मिति : २०७७ चैत्र १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *