२०८१ बैशाख १२ गते बुधवार

हंसपुरमा मोटरसाईकल दूर्घटना परि एक जनाको मृत्यु, दूई गम्भीर घाइते

तुलसीपुर, चैत १६ । पश्चिम दाङको हंसपुरमा सोमबार बेलुकी भएको मोटरसाईकल दूर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने थप दूई जना गम्भीर घाइते भएका छन् । बबई गाउँपालिका वडा नं. ३ हंसपुरको पिसियो चोकमा सोमबार भएको मोटरसाईकल दूर्घटनामा परि घाइते भएको मध्य बबई ५ का १९ बर्षीय गोविन्द पुनको मृत्यु भएको छ ।

उनको बेलुका ६ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिए । उक्त दूर्घटनामा परि बबई ५ का २७ बर्षीय धुर्व घर्ती र बबई ४ का २५ बर्षीय देबराज रजाली गम्भीर घाइते भएका छन् ।

घाइते मध्य घर्तीलाई तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर रिफर गरिएको छ । अर्का घाइते रजालीलाई पनि रिफर गरिएको भएपनि परिवार जनले हेलिकोप्टर मागेर थप उपचारका लागि काठमाडौं लैजान्छौं भनेको हुँदा तुलसीपुरमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु तीन जना रा ४ प १४४३ नम्बरको मोटरसाईकलमा सवार थिए । मोटरसाईकल कस्ले चलाएको थियो भन्ने कुरा खुलि नसकेको प्रहरीले बताएको छ । घटनास्थल भन्दा पश्चिम होली खेल्न गएका उनीहरु घर फर्किने क्रममा बेलुकी पख पिसियो चोकमा दूर्घटना परेको प्रहरीले जनाएको छ ।

सबै तस्विर – प्रेम नागबाघ

प्रकाशित मिति : २०७७ चैत्र १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *