२०८१ जेष्ठ १५ गते मङ्गलवार

सवारी नियम उलंघन गर्ने एकसय बढी सवारी नियन्त्रणमा


तुलसीपुर, चैत १६ । होलीको दिनमा सवारी नियमा उलंघन गरि सञ्चालन गरिएका एक सय बढी सवारी साधन नियन्त्रणमा लिइएको छ । सोमबार बेलुका ४ बजेसम्म ९० वटा मोटरसाईकल, १३ चालक, ७ अटो र एउटा बस नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुकन्द्रप्रशाद रिजालले जानकारी दिए ।

ती सवारी चालकले होलीको दिनमा सवारी यिनम उलंघन गरेको पाइएको नियन्त्रणमा लिनु परेको प्रबक्ता रिजालले बताए । मदिरा सेवन गरि सवारी चलाउने, हेलमेट नलगाउने, मोटरसाईलकमा तीन जना बसेर यात्रा गर्नेहरु कारवहीमा परेको उनले जानकारी दिए ।

होलीलाई लक्षित गरि सोमबार पूर्वपश्चिम राजमार्ग, तुलसीपुर–घोराही सडक खण्ड, तुलसीपुर– अमेलिया– सल्यान सडक खण्ड, तुलसीपुर– हापुरे सडक खण्डको ठाउँ ठाउँमा चेकजाँचको व्यवस्था गरिएको थियो ।

संभावित दूर्घटना हुन नपावस भनेर होलीको दिनमा बिशेष निगरानी र चेकजाँच गरिएको प्रहरीले बताएको छ ।अन्य दिन भन्दा ठूलो संख्यामा प्रहरी सडकमा परिचालन भएको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *