२०८१ चैत्र १३ गते बुधवार

बर्दियामा फेरि बाघले मान्छेलाई आक्रमण ग¥यो

दाङ, चैत १६ । बर्दियामा बाघले फेरि मान्छेमाथि आक्रमण गरेको छ।गेरूवा गाउँपालिका वडा नं. १ जनकनगर निवासी ३५ वर्षीय चुलाराम थारू बाघको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

घर नजिकै धानखेतमा कुलो मार्फत पानी लगाउन गएका चौधरीलाई बाघले आक्रमण गरी घाइते तुल्याएको छ । थारूको टाउको, गर्दन र ढाडमा बाघको आक्रमणबाट गहिरो घाउ खत लागेको प्रहरीले जनाएको छ । घाइते थारुलाई उपचरको लागि नेपालगन्ज ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *