दाङ चैत १६। रंगहरूको पर्व फागु (होली) आज दाङ लगाएत तराई तथा मधेसका जिल्लाहरूमा हर्षोलासपूर्वक मनाइँदै छ । हिमाली तथा पहाडी जिल्लामा आइतबार नै होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाउन लागिएको हो ।
सरकारले सोमबार एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।कोरोना संक्रमणको जोखिमका कारण भिडभाड नगरी होली पर्व मनाउन सरकारले आह्वान गरेको छ । होलीमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।
प्रकाशित मिति : २०७७ चैत्र १६ गते सोमवार
