बुटवल, चैत १५ । बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा आइतबार होली खेल्ने क्रममा ग्याँङ फाईट हुँदा दूई जनाको मृत्यु भएको छ ।थप दश जना जति बेपत्ता छन् ।
आइतबार बल्देधुरीमा दुई ठाउँका युवाबीच झडप हुँदा निसीखोला गाउँपालिका ७ राजकुतका ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दिपक दमाईको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले दुई जनाको शव घटनास्थल नजिकै भिरमा फेला परेको जानकारी दिए ।
बडिगाड गाउँपालिका १० दर्लिङ र निसिखोला गाउँपालिका ७ राजकुतका युवाहरु भेला भएर होली खेल्ने क्रममा बिबाद उत्पन्न भइ झडप भएको प्रहरीले जनाएको छ ।
दिउँसो चार बजेतिर भएको घटना पछि दश जना बढी बेपत्ता रहेको प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी टोली बेपत्ता हरूको खोजीमा जुटेको जानकारी दिइएको छ ।
