काठमाडौं,चैत १५ । काठमाडौंको महाँकाल क्षेत्रमा मेलम्चीको पानी वितरण शुरु भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार आइतबार दिउँसो महाँकाल चौरमा रहेको ट्याङ्कीको भल्भ खोलेर पानी वितरण सुरु गरिएको हो ।
सुरूङ, सुनदरीजल पानी प्रशोधन केन्द्र र चक्रपथमा विछ्याइएको थोक वितरण पाइपलाइनहरूको सफल परीक्षणपछि मेलम्चीको पानी काठमाडौं आइपुगेको हो। उक्त पानी आइतबार दिउँसोदेखि नै चावहिल महाँकालचौर क्षेत्रमा वितरण गरिने केयूकेएलको भनाइ छ ।
नयाँ पाइपलाइनहरु परीक्षण गर्दै लैजाने योजना अन्तर्गत पहिलो चरणमा आज आइतबार साँझसम्म काठमाडौंको मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पनि पानी वितरण हुनेछ । आइतबार काठमाडौं उपत्यकामा मेलम्चीको ४ करोड लिटर पानी वितरण गरिने केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ चैत्र १५ गते आइतवार