२०७८ बैशाख ४ गते शनिवार

आज हिमाली र पहाडी जिल्ला होली मनाइँदै

काठमाडौं, चैत्र १५। आज नेपालको हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ फागु पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ।

फागुन शुक्ल पूर्णिमाका दिन एकआपसमा रङ खेलेर होली पर्व मनाउने प्रचलन छ। तराईका जिल्लामा भने भोली मात्रै होली पर्व मनाइँदै छ। होलीका अवसरमा नेपालका पहाडी र हिमाली जिल्लामा आज सरकारले सार्वजनिक बिदा दिएको छ।

आपसी मेलमिलाप र सद्भावको पर्व होलीमा विभिन्न रङ र लोला खेलेर रमाइलो गरिन्छ। तर, यस वर्ष पनि कोरोना महामारीको कारण सरकारले भिडभाड गरेर होली खेल्न निषेध गरेको छ। संक्रमण फैलिन नदिन घर परिवारमै बसेर फागु पर्व मनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ।

प्रकाशित मिति : २०७७ चैत्र १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *