दाङ, चैत १४ । चितवनमा बसमा स्कुटर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । शनिवार बेलुका जगतपुरबाट भरतपुरतर्फ जाँदै गरेको ना ५ ख २१५० नम्बरको बसमा ना ४० प ७०८२ नम्बरको स्कुटर ठोक्किदा स्कुटरमा सवार बाबु, छोरी र भतिजिको मृत्यु भएको छ ।
स्कुटर चालक भरतपुर महानगरपालिका वडा नं. ६ गीतानगरका ४५ वर्षका मोहन अधिकारी, उनकी १७ वर्षीया छोरी विनिशा अधिकारी र भतिजी १७ वर्षकै दिविशा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चिनवले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते तीनै जनाको जिल्ला अस्पताल भरतपुरमा मृत्यु भएको थियो । तीब्र गतिको स्कुटरले ओभरटेक गर्ने क्रममा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार
