२०७८ बैशाख १ गते बुधवार

घोराहीमा शिकार खेल्न गएका दूई मध्य एकको गोली लागेर एक मृत्यु

तुलसीपुर, चैत १४ । दाङको घोराहीमा शिकार खेल्न गएका दूई मध्य एक जनाको गोली लागेर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १३ का ५० बर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले घटना वडा नं. १२ को जंगल क्षेत्रमा शुक्रवार राति भएको जानकारी दिए । 

 घटनास्थल पुग्न तीन÷चार  घन्टा जति पैदल हिड्नु पर्ने तथा उक्त स्थानमा फोन सम्पर्क समेत राम्रो संग हुन नसक्ने हुँदा  घटनाबारे थप बिवरणहरु आउन बाँकी रहेको एसपी चन्दले बताए । 

प्रहरीले गोली चलाउने व्यक्तिलाई पनि प्रहरी पहिचान गरि नियन्त्रणमा लिइ सकेको एसपी चन्दले जानकारी दिए ।  गोली चलाउने व्यक्तिको ना मभने प्रहरीले सार्वजनिक गरेको छैन । 

यसैबीच भरुवा बन्दुकको गोली लागेर मृन्यु भएका गुरुङको  शव पोष्ट मार्टमको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको एसपी चन्दले बताए । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *