तुलसीपुर, चैत १४ । प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेकी तुलसीपुरकी तुलसा पोखरेललाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की ४२ वर्षीया तुलसा पोखरेल गत फागुन १६ गते दिउँसो ब्राउन सुगरसहित पक्राउ परेकी थिइन ।
दाङ देउखुरी जिल्ला अदालतले पोखरेललाई उक्त अभियोगमा दोषी ठहर गर्दै शुक्रवार पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले फरककोणलाई बताए ।
अदालतको आदेश अनुसार शुक्रवार नै पोखरेललाई तुलसीपुरस्थित कारागारामा पूर्पपक्षका लािग थुनामा पठाइएको डिएसपी सिंहले जानकारी दिए ।
पोखरेललाई प्रहरीले फागुन १६ गते दिउँसो गोप्य सूचनका अधारमा तुलसीपुर बजारस्थित उनकै घर भित्र राखेको उनको निजी स्कुटर रा ५ प ७१४६ को डिक्की भित्र राखेको अवस्थामा ब्राउन सुगर पक्राउ गरेको थियो ।
उनी उच्च अदालत सुर्खेत जुम्ला इजलाशका न्यायधीश मदन पोख्रेलकी कान्छी श्रीमती रहेको प्रहरीले जनाएको छ । तर, पछिल्लो समय न्यायाधीश संग सम्बन्ध नरहेको तथा डिभोर्सको प्रक्रिया समेत अगाडि बढेको कुरा न्यायधीश पोखरेल निकट स्रोतले बताउने गरेको छ ।
पोखरेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला कमिटी सदस्य पनि हुन ।