तुलसीपुर, चैत १२ । दंगिशरण गाउँपालिकामा करेन्ट लगाई माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दंगिशरण गाउँपालिका वडा नं. ६ बागरका २६ बर्षीय गोविन्द सुनारको घर नजिकै बागर कुलोमा करेन्ट लगाई माछा मार्ने क्रममा दिउँसो मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीषक झलकप्रशाद शर्माका अनुसार सुनारले आफ्नै घरबाट बिद्युत तार तानेर खोलामा करेन्ट प्रवाह गरि माछा मार्ने क्रममा उनैलाई करेन्ट लाग्न पुगेको थियो ।
दिउँसो साढे दूई बजे करेन्ट लागे लगतै उनलाई उद्धार गरि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएको भएपनि चिकित्सले मृत घोषणा गरेको प्रहरी निरीक्षक शर्माले बताए ।
प्रकाशित मिति : २०७७ चैत्र १२ गते बिहिवार
