काठमाडौं, चैत्र १२ । राहदानी विभागले अत्यावश्यकबाहेक नयाँ मेसिन रिडेबल राहदानी (एमआरपी) नबनाउन अनुरोध गरेको छ । विभागले छिट्टै गुणस्तरीय, सुरक्षित र भरपर्दो विद्युतीय राहदानी ( ई–पासपोर्ट) जारी हुने भएकाले एमआरपी बनाएर घरमा नराख्न अनुरोध गरेको हो ।
विभागले सूचना जारी गर्दै तत्काल विदेश जान नपरेकाले धेरैको पासपोर्ट नवीकरण गर्नुपरेको विभागले जनाएको छ। विज्ञप्तिमा भनिएको छ, चालक अनुमति पत्र जस्तै समय अवधि हुँदै राहदानी नवीकरण गर्नु नपर्ने, राहदानी नवीकरण नभइ नयाँ बनाउनु पर्ने भएको र म्याद सकिएको कारण कुनै थप दस्तुर नलाग्ने र आवश्यक परेको बेला जुनसुकै समय बनाउन सकिन्छ।
विभागले निकट भविष्यमा इ(पासपोर्ट जारी गर्ने भएको बताएको छ। भरपर्दो र सुरक्षित पासपोर्ट हुने पनि बताइएको छ ।
प्रकाशित मिति : २०७७ चैत्र १२ गते बिहिवार