२०८१ बैशाख ६ गते बिहिवार

दाङमा पुनः सार्वजनिक रुपमा सभा सम्मेलन गर्न रोक

तुलसीपुर, चैत १२ । जिल्ला प्रशासन कार्यालय दाङले कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै बिहीवारदेखि नै लागुहुने गरि भिडभाड नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङमा बिहीवार प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले बिहीवारदेखि नै लागु हुने गरि सार्वजनिक स्थानमा कुनैपनि भिडभाड नगर्न आग्रह गरेको हो ।

जसले गर्दा यसअघि सभा सम्मलेन गर्नको लागि अनुमति वा सहमति जे लिएको भएपनि अबदेखि त्यस्ता सहमति रद्द गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

नेपाल– भारत खुल्ला सीमाना क्षेत्र जिल्लामा रहेको हुँदा भारतमा पुनः कोभिड १९ को संक्रमन फैलिनु र मृत्यु दरपनि बढेको हुँदा सबैले साबधानी अपनाउन जरुरी रहेको हुँदा सभा सम्मेलन गर्न रोक लगाउनु परेको प्रअिज पौडेलले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरिञ्जबी रानाले जारी गरेको सार्वजनिक सूचनामा अनिवार्य रुपमा सुरक्षित मापदण्ड अपनाउन आग्रह गरिएको छ । साबुन पानीले हात हुने, मास्क लगाउन, स्यानीटाईजर प्रयोग गर्न उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *