२०८१ बैशाख १२ गते बुधवार

बाँकेमा १२ केजी चरेशसहित रोल्पा र रुकुमका दूई युवा पक्राउ

दाङ, चैत १२ । बाँकेमा १२ केजी चरेशसहित रोल्पा र रुकुमका दूई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका वडा नं. ७ का २४ बर्षीय रुपबहादुर बुढा र रुकुम पूर्व भूमे गाउँपालिका वडा नं. ७ का २१ बर्षीय रबि पुन रहेका छन् ।

उनीहरुलाई प्रहरी चैत ११ गते बाँकेको कोहलपुर नगरपालिका वडा नं. १२ चप्पर गौरीस्थित न्यू सुदरपश्चिम बाजुर होटेलको १०१ नम्बर कोठाबाट पक्राउ गरिएको बाँकेका निमित्त प्रहरी प्रमुख सुवाश खड्काले जानकारी दिए । होटेलमा प्रतिबन्धित लागु औषध चरेशको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई १२ केजी चरेशसहित पक्राउ गरेको प्रहरी प्रबक्ता समेत रहेका खड्काले बताए ।

पक्राउ परेका दूई मध्य रोल्पाका बुढा यसअघि पनि लागुऔषध कारोबारमा संलग्न रहँदै आएको खुल्न आएको डिएसपी खड्काले बताए । डिएसपी खड्का अनुसार उनीहरुले उक्त चरेश कपिलबस्तु जिल्लाबाट प्रति केजी २७ हजारका दरले ३ लाख २४ हजारमा खरिद गरि बाँकेका लगेर बेच्न खोजेका थिए ।

लागु औषध नियन्त्रण ऐन २०३३ को दफा १४ उपदफा (घ) ५ बमोजिम २ बर्षदेखि १० बर्ष सम्म कैद र १५ हजारदेखि १ लाख सम्म जरिवानाको व्यवस्था रहेको छ । पक्राउ परेका दूबै युवा विरुद्ध लागु औषध कारोबार शिर्षकमा मुद्दा दायर गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *