२०८१ जेष्ठ १५ गते मङ्गलवार

नरभक्षी बाघ ५ दिनमै खोर तोडेर निस्कियो

दाङ, चैत १० । बाँके राष्ट्रिय निकुञ्जमा थुनेको नरभक्षी भनिएको बाट मंगरबार बिहानै खोर तोडेर भागेको छ ।उक्त बाघ चैत ५ गते बर्दिया जिल्लाबाट गोली हानी लठ्याएर समाते पछि बाँके राष्ट्रिय निकुञ्जमा ल्याएर थुनि राखिएको थियो ।

बाँके राष्ट्रिय निकुञ्जले नरभक्षी भनिएको उक्त बाघ बिहान सवा ६ बजेतिर खोर तोडेर भागेको सिसी टिभी फूटेजमा देखिएको जानकारी दिएको छ । उक्त बाघ मंगलबार बिहान ४ ः ४५ बजेसम्म खोरमै रहेको देखिएको निकुञ्जका वार्डेन श्यामकुमार शाहले बताए ।

खोरबाटै बाघ भागेपछि निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाले पूर्वपश्चिम राजमार्ग क्षेत्रमा साबधानी अपनाउन आग्रह गरेको छ ।निकुञ्जले पनि साईकल, मोटरसाईक र अटो रिक्सा जस्ता साना सवारी साधानहरु सकभर साँझ बिहान यात्रा नगर्न आग्रह गरेको छ ।

साइकल र पैदलयात्रीलाई शिवखोला र खैरी आसपासमा जान रोकिएको छ। बाँके राष्ट्रिय निकुञ्जभित्रै पूर्व–पश्चिम राजमार्गको खैरी र शिवखोला रहेका छन् । नरभक्षी बाघ खोर तोडेर भागेपछि निकुञ्ज क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण त्रसिद बनेका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *