२०७८ बैशाख १ गते बुधवार

आज संझना केसी विद्यालय पुग्नै पाइनन्

२३ विद्यार्थी घाइते

तुलसीपुर , चैत १० । तुलसीपुरस्थित पब्लिक ज्ञान ज्योति माविको विद्यार्थी बोकेको बस दूर्घटना हुँदा एक छात्राको मृत्यु भएको छ । दूर्घटनामा परि थप २३ विद्यार्थी घाइते भएका छन् । यो खवर तयार पार्दासम्म ६ जना गम्भीर घाइतेलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

इप्रका प्रमुख डिएसपी शिबबहादुर सिंहका अनुसार दूर्घटनामा परि तुलसीपुर १५ निवासी १८ बर्षीया छात्रा संझना केसीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ कोठरीमा बिहान साढे ६ बजेतिर भएको बस दूर्घटना पछि उनलाई बसले च्यापेको थियो ।

डोजर लगेर उनको उद्धार गरि तुलसीपुरस्थित सिटी हस्पिटल पु¥याइएको भएपनि लगतै उनलाई चिकित्सकले मृत घोषणा गरेकी थिइन । तीब्र गतिका कारण बस दूर्घटनामा परेको प्रहरीले जनाएको छ । यो खवर तयार पार्दासम्म चालक फरार रहेका छन् । सहचालक झापा जिल्लाको हल्दिबारी १ का ३० बर्षीय होमप्रशाद चापागाँईपनि दूर्घटनामा परि घाइते भएका छन् ।

उनको तुलसीपुरमै उपचार भइरहेको छ । घटनाका घाइते विद्यार्थीका अनुसार दूर्घटना भएको बसमा झन्डै ३५÷४० जनाको संख्यामा विद्यार्थी सवार थिए । दूर्घटना भए लगतै कम चोट पटक लागेका विद्यार्थी आँफैले अन्य विद्यार्थीको उद्धार गरेको बताएका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *