नेपालगन्ज, चैत्र ९ । जिल्ला विपद व्यवस्थापन समिति बाँकेले सोमवार सुरक्षा निकाय तथा दमकल सेवालाई खोज तथा उद्धार सामाग्री हस्तान्तरण गरेको छ । विपद् उद्धारका वेला मानविय तथा भौतिक क्षति न्यूनिकरण, सुरक्षा निकायमा हुने खोज तथा उद्धार सामाग्रीको कमि पुरा गर्न ती सामाग्री वितरण गरिएको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले विपद्को वेला अग्ररुपमा खटिने सुरक्षा निकाय खोज तथा उद्धार सामाग्रीको अभावले विपद् प्रतिकार्य प्रभावित हुन नुहने बताए ।
जिल्ला विपद् व्यवस्थापन समितिले करिव १८ लाख ५० हजार वरावरको सामग्री हस्तान्तरण गरेको हो । सुरक्षा निकायमा रहेका सामाग्री र विपद्का वेला आवश्यक पर्ने थप सामाग्री परिचान गरि अभाव भएका खाडलका आधारमा सामाग्री खरिद गरि वितरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी कुरुम्वाडले शसस्त्र प्रहरी वल ३० नम्वर गणलाई ३७ प्रकारका सामाग्री, भैरव प्रसाद गणलाई ३२ प्रकारका सामाग्री र जिल्ला प्रहरी कार्यालय बाँकेलाई ३० प्रकारका खोज तथा उद्धार सामाग्री हस्तान्तरण गरेका हुन ।
नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको दमकल सेवालाई १÷ १ थान एलमुलियम फायर सुट उपलव्ध गराइएको सुचना व्यवस्थापन अधिकृत, जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्र बाँकेका रुपन ज्ञवालीले जानकारी दिए ।