२०७८ बैशाख १ गते बुधवार

बाँकेमा चितुवाको छाला र हड्डीसहित ४ जना पक्राउ


दाङ, चैत ९ । बाँके प्रहरीले चितुवाको छाला र हड्डीसहित चार जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दैलेख जिल्लाको भगबति गाउँपालिका वडा नं. ४ का ३९ बर्षीय चन्द्र अधिकारी र जुम्ला जिल्लाको तिला गाउँपालिका वडा नं. ४ का ३८ बर्षीय जयलाल नेपाली , सुर्खेत जिल्लाको बीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का ५० बर्षीय गंगबहादुर खत्री र सोही ठाउँका २० बर्षीय प्रकाश खत्री रहेका छन् ।

आइतबार बेलुका ६ बजेतिर कोहलपुर – सुर्खेत सखड खण्डबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । चिसापानीबाट कोहलपुर तर्फ पैदल हिडेर आइरहेका उनीहरुलाई गोप्य सूचनाका आधारमा खान तलासी गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरु मध्य जयलाल नेपालीको साथबाट चितुवाको छाला र गंगबहादुर खत्रीले बोकेको प्लाष्टिको बोराबाट २ केजी ५ सय ग्राम बाघको जस्तो हड्डी बरामद भएको प्रहरीले जानकारी दिएको छ । बरामद सामाग्री र पक्राउ गरिएका ब्यक्तिहरुलाई थप अनुसन्धानका लागि बाँके राष्ट्रिय निकुञ्जमा पठाइने प्रहरीले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम यस्तो कसुर गर्ने व्यक्तिलाई एक लाखदेखि २५ लाख सम्म आर्थिक जरिवाना र एक बर्षदेखि १० बर्षसम्म कैदको सजाय हुन सक्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *