२०८२ जेष्ठ ११ गते शुक्रवार

सभा जुलुस र भेला जमघट नगर्न श्वास्थ्य मन्त्रालयको खवरदारी

दाङ, चैत ८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका बारेमा सतर्कता अपनाउन आग्रह गरेको छ । छिमेकी देश भारतमा फेरि कोरोना भाइरस संक्रमण बढ्न थालेको भन्दै श्वास्थ्य मन्त्रालयले साबधानी अपनाउन पुनः आग्रह गरेको हो ।

आइतबार एक विज्ञप्ति मार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन सचेत तुल्याएका छन् ।

सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न उनले आग्रह गरेका छन् । सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग गर्न उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *