२०७८ बैशाख १ गते बुधवार

मनाङमा ट्रक दूर्घटना हुँदा ६ जनाको मृत्यु , थप २ को उपचार जारी

काठमाडौं, चैत ८ । मनाङमा मालबहाक ट्रक दुर्घटना परि मृत्यु हुनेको संख्या ६ पुगेको छ। जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार घटनास्थलमा शनिवार तीन जनाको र उपचारका लागि लैजाँदै गर्दा दूई जनाको र एकजनाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिएको छ ।

ट्रक दुर्घटना हुँदा मनाङको नासों गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षीया मनिषा गुरूङ, ३० वर्षीया जलकाशी गुरूङ र मनिषाका छोरा डेढ वर्षीय लियोन गुरूङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये मनाङ चामेका २८ वर्षीय राजु विक र लमजुङ मस्र्याङ्दी खोरियाखेतका २१ वर्षीय लक्ष्मण नेपालीलाई उपपचारका लागि लैजाँदै गर्दा लमजुङमा शनिबार बेलुकी निधन भएको थियो।त्यस्तै नासों गाउँपालिका १ तालका ३ वर्षीय थियोन गुरूङको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको छ।

गम्भीर घाइते थप दुई जनाको उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ । मनाङको नासों गाउँपालिका वडा नम्बर ४ स्थित खोत्रोमा शनिबार अपरान्ह ३ बजेतिर लमजुङको बेशीसहरबाट सिमेन्ट बोकेर मनाङ तर्फ जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक दुर्घटना भएको थियो। दूर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *