२०८१ जेष्ठ १३ गते आइतवार

प्रेस यूनियनले एकोराब लगाएत बिभिन्न संघ संस्थामा पुगेका पत्रकारलाई सम्मान गर्ने

तुलसीपुर, चैत ५ । नेपाल प्रेस यूनियन दाङ शाखाले शुक्रवार सामुदायिक रेडियो प्रशारक संघ लगाएत विभिन्न संघ संस्थामा पुगेका पत्रकारका लागि सम्मान तथा स्वागत कार्यक्रम गर्ने भएको छ ।

तुलसीपुरस्थित रिपोटर्स क्लवमा बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा अकोराबका नव निर्वाचित अध्यक्ष अर्जुन गिरी, केन्द्रीय सदस्यहरु शुक्रराज भण्डारी, रोषणमान श्रेष्ठ, संगित बस्याल र प्रदेश सचिव बालकृष्ण पाण्डेलाई सम्मान र स्वागन गर्न लागिएको छ ।

त्यस्तै नेपाल प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, मानव अधिकार तथा शान्ति समाजका बरिष्ठ केन्द्रीय उपाध्यक्ष सुशील बस्नेत, सचिव निर्मल नेपालीलाई पनि सोही कार्यक्रममा सम्मान तथा स्वागत गरिने भएको छ । त्यसैगरी तुलसीपुर उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मी र दाङ उद्योग बाणिज्य संघका प्रेस सल्लाहाकार अम्मर आचार्यलाई पनि सम्मान गरिने नेपाल प्रेस यूनियन दाङका अध्यक्ष सञ्तोष सुबेदीले जानकारी दिए ।

अध्यक्ष सुवेदीले विभिन्न संघ संस्थामा नेतृत्वदायी भूमिकामा पुगेका पत्रकारहरुको मनोबल बढाउन र संधै पत्रकारिताको मूल्य मान्यतामा रही सूचना सम्प्रेसन गर्न उत्प्रेरणा जगाउन यूनियनले सम्मान गर्न लागेको बताए ।

‘हाम्रा साथीहरु बिभिन्न संघ संस्थामा पुग्नुले अन्य पत्रकार साथीहरु पनि उत्साहित भएका छन्,’ अध्यक्ष सुवेदीले भने ‘ यसले मेहनत गरे भविस्यमा सफलता प्राप्त हुन्छ भन्ने सन्देश प्रभाव भएको हुँदा पनि त्यो खुसी बाँड्न आवश्यक छ ।’नेपाल प्रेस यूनियन नेपाली काँग्रेस निकट शुभेच्छुक संस्था हो ।

प्रकाशित मिति : २०७७ चैत्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *