देउखुरी, चैत्र २ । नेपाल रेडक्रस सोसाईटी, लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा राप्ती गाउँपालिकामा सोमबार भएको छ ।लुम्बिनी प्रदेशका १२ जिल्लाका रेडक्रसका प्रतिनिधि सहितको साधारण सभाले मानवता, निश्पक्षता, तटस्थता, स्वाधिनतालाई आत्मसाथ गदै पीडामा परेकाको हरेक क्षणमा सहयोगका लागि तम्तयार रहने प्रतिबद्धता जाहेर गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी, लुम्बिनी प्रदेशका अध्यक्ष शम्भुप्रसाद पाखरेलको अध्यक्षता र रेडक्रमका केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीको प्रमुख आथित्यता कार्यक्रम भएको हो । केन्द्रिय कार्यसमिति महामन्त्री पिताम्वर अर्याल, प्रदेश प्रधिकरणका प्रमुख धुर्व मजगंैया, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले सभामा धाराणा राखेका थिए ।कार्यक्रममा रेडक्रसका महासचिव कृष्ण पंगेनीको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभामा कोभिड १९ को महा जोखिममा संक्रियताका साथ उदाहरणिय कार्य गर्ने ब्यत्ति तथा संघ संस्थाहरुलाई सम्मान गरिएको थियो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङको आथित्यता तथा राप्ती गाउँपालिका लालमटिया रेडक्रस सोसाईटीको ब्यवस्थापनमा भएको प्रदेश स्तरिय तेस्रो साधारण सभामा रेडक्रसले गर्दै आएका काममा आईपरेका ब्यथाहरुको समिक्षा समेत गरिएको थियो । कार्यक्रममा दाङ र बाँके जिल्ला कमिटीलाई उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरिएको थियो ।