२०८१ चैत्र ९ गते शनिवार

घोराहीमा जरायोको ५ वटा सिंगसहित महिला पक्राउ


तुलसीपुर, चैत १ । घोराहीबाट प्रतिबन्धित वन्य जन्तु जरायोको सिंगसहित एक महिला पक्राउ परेकी छन् ।
घोराही उपमहानगरपालिका वडा नं. ४ पृथ्बी नगर टोल निवासी २८ बर्षीया सीता चौधरी आइतबार पाँचवटा सिंग (ओखेटोपहार)सहित पक्राउ परेकी छन् ।

गोप्य सूचनाको आधारमा चौधरीलाई आइतबार बिहान ८ बजेतिर पृथ्बी नगरबाट प्रतिबन्धित जरायोको पाँचवटा सिंगसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय घोराही दाङका प्रहरी निरिक्षक मोहनजंग बुढाथोकीले जानकारी दिए ।

चौधरी बिरुद्ध प्रतिबन्धित बन्य जन्तु ओखेटोपहार सम्बन्धि मुद्दा चलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरिक्षक थापाले बताए ।

प्रकाशित मिति : २०७७ चैत्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *