२०७८ बैशाख ४ गते शनिवार

यसकारण पक्राउ परे शिक्षक पदम वली

फसाउन घिनलाग्दो आरोप लगाइयो – आफन्त

तुलसीपुर, चैत १ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित अमरमावि उरहरीका गणित शिक्षक ५४ बर्षीय पदम वली पक्राउ परेको आइतवार ४ दिन पुग्यो । तुलसीपुर ११ सुकौरा निवासी शिक्षक वलीका विरुद्ध छानविन गर्न भन्दै अदालतले उनी पक्राउ परेकै दिन फागुन २६ गते नै ७ दिने म्याद थपेको छ । उनीमाथि आफंैले पढाउने कक्षा ६ मा अध्यनरत एक छात्राले बालयौंन दुरुपयोग गरेको अभियोग लगाएकी छन् ।

ती १३ बर्षीया छात्राका बुवाले फागुन २६ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा शिक्षक वली विरुद्ध बालयौंन दुरुपयोग गरेको भन्दै मुद्दा हालेका थिए । मुद्दा परे लगतै प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार फागुन २३ गते दिउँसो कक्षा कोठा भित्रै कक्षा ६ मा अध्यनरत ती छात्राले आफुलाई शिक्षक वलीले संवेदनसिल अंगमा हातपात गरेको आरोप लगाएकी थिइन ।

त्यसपछि पीडित छात्राको तर्फबाट उनका बुवाले प्रहरीमा गएर किटानी जाहेरी दिएका थिए । घटना २३ गतेको भयो । २४ गते नारी दिवस परेको हुँदा विद्यालय बिदा थियो ।

फागुन २५ गते शिक्षक वली विद्यालय पुग्दा बिद्यार्थीहरुले होहल्ला गर्दै बिरोध जनाए । फागुन २६ गतेपनि विद्यार्थीले शिक्षक वली विरुद्ध हुलदंगा गरेको हुँदा आरोपित शिक्षकलाई पक्राउ गर्नु परेको इप्रका तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले बताए ।

ती छात्राका बुवाले आफ्नी छोरीलाई सञ्चो नभएको हुँदा एक्लै कोठाको बसेको मौका छोपी शिक्षक वलीले संवेदनसिल अंगमा हातपात गरेको जाहेरीमा उल्लेख गरेका छने । तर, शिक्षक वलीका आफन्तले भने त्यसलाई घिनलाग्दो आरोप भन्दै आस्थाका आधारमा षडेन्त्र पूर्वक फसाउन खोजीएको जिकिर गरेका छन् ।

वली नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघमा आवद्ध व्यक्ति रहेको र उनले जहिलै अन्य संगठनका शिक्षक संग अडानका साथ प्रस्तुत हुने हुँदा सोही कारण षडेन्त्र पूर्वक फसाउन खोजीएको एक आफन्तले दाबी गरे । ‘ उहाँको प्रस्तुति ठाडो र रुखो छ, उहाँ कडा बोल्नु हुन्छ, तर उहाँले कसैलाई कहिलै नराम्रो सोचेको थाहाँ छैन, उहाँलाई यो आरोप घिनलाग्दो आरोप लगाउनु ठूलो षडेन्त्र हो,’ ती आफन्तले दाबी गरे ।
उनले बिद्यार्थीलाई शिक्षकले तिमि कमजोर छौं भनेर एक थप्पड हान्न वा छुनपनि नपाउने हो र गाली पनि गर्न नपाउने हो ? भने कसरी शिक्षकले विद्यार्थी पढाउन सक्छ ? भनेर प्रश्न पनि गरे ।

प्रकाशित मिति : २०७७ चैत्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *