२०८१ चैत्र ९ गते शनिवार

भारतीय नागरिक लमहीमा ब्राउन सुगरसहित पक्राउ


तुलसीपुर, फागुन २५ । दाङमा भारतीय नागरिक प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेका छन् । भारतको जिल्ला सराबस्ती थाना भरन्गा निवासी २३ बर्षीय शंशाद राजा लमही दाङबाट पक्राउ परेका छन् ।

पछिल्लो समय लमही नगरपालिका वडा नं. ७ कप्तानगंजमा डेरा गरि बस्ने राजालाई प्रहरीले सोमबार बिहान ४ ग्राम ३ सय ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए । राजालाई प्रहरीले कप्तानगंजबाट सोमबार बिहान साढे १ बजे सुराकीको आधारमा पक्राउ गरेको रिजालले बताए ।

प्रहरीले उनको साथबाट २ लाख ४५ हजार नगद र भन्सार छलेर ल्याएका कुर्ता ३१ थान, तन्ना १० थान र धोति ३ थानसहित ४२ थान कपडा बरामद गरेको थियो । पक्राउ परेका ब्यक्ति उपर लागुऔषध सम्बन्धि मुद्दा चलाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *