
तस्विर : राजेश खत्री
तुलसीपुर,फागुन २४ । महिलाको सुरक्षा,सम्मान र रोजगार ः समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ सोमवार तुलसीपुरमा पनि १ सय ११ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत ५४ किसोरीलाई साइकल वितरण गरेको छ । ती किशोरी सामुदायिक विद्यालयमा कक्षा ८ देखि १२ कक्षा सम्म अध्ययनरत छन् ।
साइकल प्राप्त गरेपछि अम्वेश्वरी माबिकी छात्रा मनिसा चौधरीले साईकल प्राप्त गर्दा खुसी साटिन । ‘मेरो स्कुल घरदेखि झण्डै ४ किलोमिटर टाढा छ,सबै हिडेर स्कुल जान्थे,’ उनले भनिन्,– ‘महिनावारी हुदाँ त सधैजसो कक्षाहरु छुट्थे, पीडा सहेरै भएपनि हिड्नुपर्ने बाध्यता अब टर्ने आशा गरेकी छु।’ उनले दिदी घर संस्थाकी सञ्चालक स्यानी चौधरी मार्फत साइकल पाएकी हुन ।
‘ आज मैले साईकल पाए म निकै खुसी छु,’ उनले भनिन् ‘ टाढा विद्यालय भएका म जस्ता अन्य बालिकालाई पनि साईकल भए सजिलो हुने थियो ।’
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले सामुदायिक विद्यालयमा अध्ययनरत बालिकाको पढाइमा सहजता ल्याउन र नगरभित्र साइकलको प्रयोग बढाउन अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा साइकल वितरण गरिएको बताए ।
उनले तुलसीपुरलाई साईकल सहरका रूपमा विकास गर्ने उद्देश्यका साथ साईकले प्रयोग बढाउन अर्को वर्षदेखि बढी साईकल चलाउनेलाई पुरस्कार प्रदान गरिने जानकारी दिए ।
दिवसकै अवसरमा मोबाईल एप्लिकेसन समेत सार्वजनिक गरेको गरिएको छ । अब सोही एप्लिकेशन मार्फत कसले बढी साइकल चलाएको हो ? भन्ने जानकारी राखिने भएको र बढी साईकल चलाउनेलाई अर्कौ बर्ष सम्मान गरिने उनले बताए ।
महिलालाई सशक्तिकरण बनाउन ओरेक नेपालले बैदेशिक रोजगारबाट फर्केका दूई जना महिलालाई जिविकोपार्जनमा सजिलोहोस भनेर साइकल वितरण गरेको ओरेकका जिल्ला संयोजक इश्वरी थापाले बताइन ।
संघ संस्था मध्य तुलसीपुर उद्योग वाणिज्य संघले सबैभन्दा बढी २५ वटा साईकल प्रदान गरेको छ । बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले किशोरी शिक्षामा सहयोग पुगोस भन्ने हेतुले सहयोग गरेको बताए ।
तुलसीपुरकी उपप्रमुख माया आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतम,युएनडिपी नेपालका बडन लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा महिला अधिकारकर्मी शुष्मा गिरीले अवधारणा पत्र प्रस्तुत गरेकी थिइन
त्यस्तै न्यायिक समितिका सदस्य जानका रेग्मीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकाश शाखा अधिकृत माया श्रेष्ठले गरेकी हुन ।
साईकल ¥यालीमा मेयरपनि सहभागि
दिवसका अवसरमा तुलसीपुरमा साइकल ¥याली पनि निकालिएको थियो । नगरप्रमुख पाण्डे, स्पोर्टका रुपमा साईकल चलाउनेहरु र नयाँ साईकल प्राप्त गरेका किशोरीपनि साईकल साइकल ¥यालीमा रहभागि भएका थिए । । उपमहानरपालिकाबाट शुरु भएको ¥यालीले बजारको परिक्रमा गरि पुःन उपमहानगरपालिकामा पुगेको थियो ।
त्यसपछिको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर घनश्याम पाण्डले सबै नगरबासीले आफ्नो ब्यबहार परिवर्तन गरि संभव भएसम्म साईकल चलाउन आग्रह गरे । उनले तुलसीपुरलाई साईकल सिटीका रुपमा विकास गर्न भौतिक पूर्वाधार निर्माणमा समेत जोड दिने आश्वासन बाँडे ।
हाल तुलसीपुरका सामुदायिक विद्यालयमा कक्षा ८ देखि १२ सम्म पढ्ने बालिका ५ हजारको संख्यामा भएपनि अहिले तत्काल करिब आधा घण्टा बढी लगाएर विद्यालय जाने बालिकालाई साईकल वितरण गरिएको हो । तुलसीपुरमा करिब आधा घण्टा बढी लगाएर विद्यालय जाने बालिका २ हजारको संख्यामा रहेको छ ।
साइकल प्राप्त गर्ने बालिकाले २० वर्ष नपुग्दै बिहे गरेमा र माध्यमिक तहको अध्ययन पुरा नगरेमा साइकल फिर्ता गनुपर्ने प्राबधान राखिएको छ ।