
तुलसीपुर,फागुन २२ ।तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले घरपरिवारको साथ सहयोग बिना महिला अघि बढ्न नसक्ने बताएकी छन् । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शनिवार मानव अधिकार तथा शान्ति समाज दाङले तुलसीपुरमा आयोजना गरेको समुन्नत नेपाल निर्माणमा महिलाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै उनले आफ्नो हक अधिकारका लागि महिला आफै बोल्न जरुरी रहेको बताइन । उनले महिलाहरुको हक अधिकारको लागि तुलसीपुर न्यायिक समिति लागि परेको पनि बताइन ।
कार्यक्रममा शान्ति समाज दाङका संस्थापक सभापति एवं अधिवक्ता डिल्लीराज धितालले हैकमवादी संस्कृतिको विकासलाई टोड्नुपर्ने बताए । त्यस्तै शान्ति समाजका पूर्व केन्द्रिय उपसभापति एबं वरिष्ठ अधिवक्ता मोहन धितालले पुरुष प्रधान सोचको अन्त्य गर्दै न्यायका लागि महिला सक्रिय हुनुपर्ने तर्क गरे ।
कार्यक्रममा नागरिक समाज दाङका सल्लाहाकार टिकाराम रेग्मीले हरेक ठाउँमा महिलाको नेतृत्व आबस्यक रहने भन्दै अधिकारका लागि महिला आफैले हस्तक्षेप गर्नुपर्ने धारणा राखे । उनले हरेक ठाउँमा महिलाहरु बर्दि बिनाका पुलिस समान बन्न जरुरी रहेको बताए ।
अधिकारकर्मी सुष्मा गिरीले समुन्नत नेपाल निर्माणका लागि व्यवहारिक शिक्षाको आवश्यक रहेको बताइन । ओरेक दाङका संयोजक इश्वरी थापाले हरेक क्षेत्रमा निर्णय प्रकृयामा महिलालाई हस्क्षेप हुने गरेको गुनासो गरिन । नेपाल पत्रकार महासघं दाङका सहसचिव सर्मिला डिसी, तुलसीपुर उद्योग बाणिज्य संघ उपाध्यक्ष मिनराज भण्डारी, दिदीघर संस्थाका स्यानी चौधरी, सामाजिक अभियन्ता तुलसी भण्डारी लगाएतले मनतब्य व्यक्त गरेका थिए ।
शान्ति समाज दाङ शाखाका कार्यबहाक सभापति नविन पाखरेलको अध्यक्षतामा भएको कार्यक्रम समाजकी सहसचिव उषा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको थियो । कार्यक्रमको सहजीकरण सचिव निर्मला डाँगीले गरेकी हुन ।
