२०८० चैत्र १६ गते शुक्रवार

तुलसीपुरमा बिभिन्न व्यक्ति र संस्थाले ८७ वटा साईकल दिने प्रतिबद्धता जनाए

तुलसीपुर, फागुन २१ ।तुलसीपुरमा शुक्रवार सम्म विभिन्न व्यक्ति तथा संघसंस्थाले ८७ वटा साईकल दिने प्रतिवद्धता जनाइ सकेका छन् ।महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा त्यस्तो जानकारी दिएकी हुन ।

दिवसको अवसरमा विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेका महिलालाई सम्मान गरिने पनि उनले बताइन । तुलसीपुरमा फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर करिब दूई सय बालिकालाई साइकल वितरण गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि अन्य दाताहरुको खोजी भइरहेको छ ।

महिला बालबालिका तथा सामाजिक विकास शाखाले गरेको पत्रकार सम्मेलनमा शुक्रवार नगरप्रमुख घनश्याम पाण्डेले साईकलको प्रयोग बढाउन बालिकालाई साइकल वितरण गर्ने लक्ष्य राखिएको बताए ।

सामुदायिक विद्यालयमा कक्षा ८ देखि १२ सम्म पढ्ने बालिका ५ हजारको संख्यामा रहेको र अहिले तत्काल करिब आधा घण्टा बढी हिडेर विद्यालय जाने बालबालिकालाई साईकल वितरण गरिने नगरप्रमुख पाण्डेले जानकारी दिए ।

उनले तुलसीपुरमा करिब आधा घण्टा बढी लगाएर विद्यालय जाने बालिका २ हजारको संख्यामा रहेको पनि जानकारी दिए ।तुलसीपुरलाई साईकल सहरका रूपमा विकास गर्ने उद्देश्य रहेको उनले बताए ।

त्यस्तै उनले साईकल बढी चलाउनेलाई पुरस्कार वितरण गरिने बताए । उपमहानगरले नारी दिवसमा मोबाईल एप्लिकेसन मोबाईल गेम सार्वजनिक गर्ने र सोही एप्लिकेशनमा कसले बढी साइकल चलाएको बारे सूचना संकलन गर्ने भएको छ ।

नगर उपप्रमुख माया आचार्यको अध्यक्षता एव नगरप्रमुख पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भएको हो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *