२०८१ जेष्ठ ११ गते शुक्रवार

३ वर्षमा ९ सय ७७ हिंसाका घटना

तुलसीपुर,फागुन २१ ।दाङमा वितेको ३ वर्षमा ९ सय ७७ वटा महिला हिंसाका विभिन्न खाले घटनाहरु भएका छन । जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार २०७५÷०७६ मा जवरजस्ती करणी का ६८, जवरजस्ती करणी उद्योग २१, बहुविवाह २८, बोक्सी आरोप २, मानव बेचविखन ४, अपहरण तथा शरिर बन्धक ३, बालविवाह ८, आत्महत्या ८३, गर्भपतन १, बालयौन दुरचार ९, सामाजिक हिंसा ३ र घरेलु हिंसा १ सय ६१ गरि कुल ३ सय ९१ वटा हिंसाका घटना भएका छन ।

त्यस्तै २०७६÷०७७ मा जवरजस्ती करणी का ४४, जवरजस्ती करणी उद्योग २३, बहुविवाह १४, मानव बेचविखन १, अपहरण तथा शरिर बन्धक १, बालविवाह ३, आत्महत्या १ सय १३,गर्भपतन २, बालयौन दुरचार १०,ज्यान मार्ने उद्योग १,कर्तव्य ज्यान १, सामाजिक हिंसा १ र घरेलु हिंसा १ सय १५ गरि कुल ३ सय २९ वटा हिंसाका घटना भएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।

त्यस्तै २०७७÷०७८ मा जवरजस्ती करणी का ४८,जवरजस्ती करणी उद्योग ११, बहुविवाह २८, बोक्सी आरोप ५, अपहरण तथा शरिर बन्धक १, बालविवाह १,आत्महत्या ६४, बालबालिका बिरुद्ध कसुर १,सामाजिक हिंसा ३ र घरेलु कर्तव्य ज्यान १ ,ज्यान मार्ने उद्योग १ र घरेलु हिंसा ९६ गरि कुल २ सय ५७ वटा हिंसाका घटना भएको एसपी चन्दले बताए ।

उनका अनुसार ३ वर्षको सख्यात्मक हिसावले तथ्याङ्क हेर्दा घटेको देखिए पनि हिंसाका घटनामा कमी आउन नसकेको उनले विश्लेशन गरे ।

कार्यक्रममा दंगीशरण गाउँपालिका उपप्रमुख पिमा खड्का,तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठ,अधिकारकर्मी देवा डाँगी,निर्मला डाँगी,ओरेक दाङका संयोजक इश्वरी थापा,वडा नं ६ का सदस्य युवा करारा,यमुना परियार लगाएतले पुरुषवादी चिन्तनबाट बाहिर आउन सकेमात्र महिलाहरु अगाडि बढ्न सक्ने बताइन ।

नेपाली कांग्रेसका चूर्ण चौधरीले शिक्षित र आर्थिक रुपमा सम्पन्न परिवारका महिलाहरु बढी हिंसामा पर्ने गरेको धारणा राखे ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख आनन्द पौडेल,नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का,राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य,जनता समाजवादी र्पाीका टोपबहादुर महतरा,नेकपा जिलला सदस्य खुम भण्डारी,नेपाल पत्रकार महासघं दाङका सहसचिव सर्मिला डिसी,नेपाल महिला सामुदायीक केन्द्रका अध्यक्ष सारदा रर्मा, अपाङ्ग समाज सुधार केन्द्रका अध्यक्ष कुमाकान्त कंडेल,सिड संस्थाका अध्यक्ष भागिराम चौधरी लगाएतले समग्र महिलाहरुको नेतृत्व,सुरक्षा तथा सममानको विकासमा थप लगानी र शसक्तिकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

संवाद समुहका टीकाराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा संवाद समुहका प्रदेश सदस्य विष्णुमणी धितालले धन्यावाद ज्ञापन गरेका थिए भने सहजीकरण पत्रकार गोपाल शर्मा भट्राइले गरेका थिए ।
अघिल्ला वर्ष झै यस वर्ष पनि ‘महिलाको सुरक्षा,सम्मान र रोजगार ःसमृद्ध नेपालको आधार’ भन्ने मुल नाराका सहित १ सय ११ औँ अन्तराष्ट्रिय महिला श्रमिक दिवस मनाउने तयारी गरिएको छ ।

दिवसको अवसरमा शुक्रवार तुलसीपुरमा ‘महिला नेतृत्व,सुरक्षा र सम्मानका लागि सरोकारवालाहरुको भूमिका’ विषयक ‘सम्वांद कार्यक्रम’ भएको छ ।

सम्वाद समुह तुलसीपुरको आयोजनामा भएको कार्यक्रममा अवधारण पत्र पस्तुत गर्दै महिलाअधिकारकर्मी तथा संम्वाद सहजकर्ता सुस्मा गिरीले कानुनमा महिलाको समान हक,राज्यको सबै निकायमा समानुपनतिक समावेशीको व्यवस्थामा र महिलाहरुको सुरक्षाको पनि व्यवस्था गरेको भएता पनि नेपालको राजनितिक दलहरुले नै समावेशीको सिद्धान्तलाई आ–आफ्नो खलमा समावेश गर्न नसकेको गुनासो गरिन ।

जिल्लामा राजनीतिक दलहरुमा महिलाहरुको नेतृत्व शून्य अवस्थामा रहेको, सरकारी निकायहरुमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीस र जिल्ला समन्वय समितिको समन्वय अधिकारी बाहेक जिल्लामा सरकारी तथा गैर सरकारी सघंसस्थामा पनि महिलाहरुको नेतृत्व न्युन अवस्थामा रहेको उनले बताइन ।

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *