२०७८ बैशाख ४ गते शनिवार

नेपालगञ्जमा किशोरीका लागि आत्मसुरक्षा तालिम शुरु

नेपालगञ्ज, फागुन २१ । महिला तथा किशोरीहरुका लागि तीन दिने आत्मसुरक्षा तालिम नेपालगञ्जमा सुरु भएको छ । १११औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका मुल समरोह समितिको आयोजनामा महिलाहरुका लागि तीन दिने तालिम शुक्रबारबाट शुरु गरिएको हो ।

तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ प्रहरी उपरिक्षक किरण रााणाले शारिरीक र मांसिक रुपमा सक्रिय हुँदा महिलाहरुालाई आत्मसुरक्षामा सहयोग पुग्ने बताइन । किशोरी तथा महिलाहरु यस सृष्टिको सबैभन्दा बलवान व्यक्ति भएकाले आफुलाई कहिलै पनि पुरुषभन्दा कमजोर नठान्न उनले अनुरोध गरिन ।

‘महिलाहरु यस सृष्टिका अमूल्य शक्ति हुन,’ बरिष्ठ प्रहरी उपरिक्षक रानाले भन्नि ‘जुन शक्ति र क्षमता महिलालाई सृष्टिले दिएको छ, त्यो अरु कसैलाई पनि दिएको छैन, यसर्थ आफ्नो मनोबल जहिले पनि उच्च राख्नुपर्छ ।’

तालिमले खासगरी बिधि प्रक्रिया सिकाउने भए भनि त्यसलाई आवश्यकता परेको समयमा उपयोग गर्न भने आत्मबल र मानसिक तयारीले मात्र गर्न सकिने उनले बताइन । ‘ परिआएको खण्डमा जतिबेला पनि प्रतिरक्षाका लागि सक्रिय रहन सक्नु पर्छ,’ उनले भनिन् ।

कार्यक्रममा नेपालगञ्जकी उपमयेर उमा थापा मगरले महिला तथा किशोरीलाई आत्मसुरक्षा तालिमले आफ्नो सुरक्षाका लागि प्रतिरक्षा गर्न सिकाउने आशा व्यक्त गरिन ।

‘राज्यले महिलालाई सुरक्षा, समाबेशीता, सहभागिताको हिसाबले धेरै व्यवस्था गरेको भएपनि तपाई हामी स्वंयको असक्षमताले कार्यान्वन गर्न नसकिने भएको हुँदा हाम्रो सक्षमता आवश्यक पर्छ,’ उनले भनिन् ‘ त्यसका लागि महिला तथा किशोरी जहिले प्रतिरक्षाको लागि तयारी भएर बस्नु पर्छ ।’

महिलामाथिको हिंसा, हत्या, बलात्कार जस्ता अपराध बढेको हुँदा आत्मबल बढाउन आवश्यक रहेको उनले बताइन ।

‘यो समाजले पनि महिला तिमि कमजोर हौ, तिमि कसैको इसारमा चल्नुपर्छ भन्ने सोंच हालिदिएको छ,’ उपमेयर थापाले भनिन् ‘यही सोंचकै कारण महिलाले आफुलाई कमजोर ठान्ने अवस्था छ,तर, त्यस्तो हैन महिला उच्च मनोवलका साथ अगाडि बढ्नु पर्छ ।’

शुक्रबारदेखि शुरु भएको आत्मसुरक्षा तालिम २३ गतेसम्म संचालन हुनेछ । सहभागिहरुको सहजताका लागि पहिलो सिफ्ट बिहान ७ देखि १० बजेसम्म र दोस्रो सिफ्ट २ देखि ५ बजेसम्म संचालन गरिने भएको छ ।

महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार भन्ने राष्ट्रिय नाराका साथ यही मार्च ८ का दिन परेको महिला दिवस मनाउन नेपालगञ्जमा खुल्ला वक्तृत्वकला प्रतियोगिता, आत्मसुरक्षा तालिम, फुटसल प्रतियोगिता, ¥याली तथा व्यानर प्रदर्शन र दिप प्रज्वलनका कार्यक्रम तय गरिएका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *