२०८१ बैशाख ८ गते शनिवार

ट्वाङखोलाको जंगलमा ११ बर्षीया बालिका बलात्कृत

१२ र १३ बर्षीय बालक पक्राउ

तुलसीपुर, फागुन १९ । पश्चिम दाङको ट्वाङखोला जंगलमा ११ बर्षीया एक बालिका बलात्कृत भएकी छन । बबई गाउँपालिकामा पर्ने ट्वाङखोलाको जंगलहुँदै नजिकैको गाउँमा दही लिन जाँदै गरेकी ती बालिकामाथि मंगलबार बेलुका ६ बजेतिर उनकै उमेर समुहका दूई किशोरले बलात्कार गरेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय खितलपुरका प्रमुख प्रहरी निरिक्षक मोहन बिक्रम केसीले बलात्कारको अभियोगमा स्थानीय १२ र १३ बर्षीय किशोर पक्राउ परेको जानकारी दिए । प्रहरीका अनुसार १३ बर्षीय किशोरले जवरजस्ती बलात्कार गर्दा उनलाई १२ बर्षीय किशोरले सघाएका थिए ।

बलात्कृत बालिका छिमेकी गाउँमा रहेका आफन्तकोमा दिन अगाडि आएकी थिइन । उक्त दिन उनी जंगलको बाटो हुँदै नजिकै अर्कौ टोलमा दही लिन एक्लै जाँदै थिइन । खोलामा माछा मारेर फर्किदै गरेका ती दूई किशोरले उनलाई एक्लै देखेपछि जवरजस्ती बलात्कार गरेको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ ।

‘ दूई जना केटाहरु मिलेर जवरजस्ती समातेर लडाएको तथा कराउन थालेपछि मुख बुझेर, हात खुट्टा समाते पछि १३ बर्षीय किशोरले बलात्कार गरेको भन्ने कुरा प्रारम्भीक अनुसन्धाबाट खुल्न आएको छ,’ प्रहरी निरिक्षक केसीले भने ।

पीडित बालिका रुँदै घर गएपछि घर परिवारले उनलाई सोधपुछ गर्दा उनीमाथि बलात्कार भएको खुलेको थियो । तर, आफन्तले घटना सार्वजनिक गर्ने कि न गर्ने भनेर सल्लाह गरे । त्यसपछि राति साढे ९ बजेतिर मात्रै खवर प्रहरीलाई खवर गरे । प्रहरी निरिक्षक केसीका अनुसार त्यपछि मात्रै प्रहरी पीडित बालिकाको उद्धारका लागि पुगेको थियो ।

उद्धार पछि राति ११ बजे राप्ती प्रादेशिक अस्पताल तुलसीुपरमा उपचारका लागि ल्याइएको प्रहरी निरिक्षक केसीले बताए । उपचारमा संलग्न चिकित्सकले पनि बलात्कृत बालिकाको योनीबाट रक्तश्राब भइरहेको तथा बालिका राम्रो संग बस्न सक्ने अवस्था समेत नरहेको भन्ने जानकारी दिएको प्रहरीले बताएको छ ।

बलात्कारमा संलग्न मध्य एक जनालाई राति २ बजे र अर्का एक मुख्य अभियुक्त भनिएका किशोरलाई बुधबार बिहान मात्रै नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरमा मुद्दा चल्ने हुँदा पीडक दुबै किशोरलाई समेत तुलसीपुर पठाइएको प्रहरी निरिक्षक केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *