२०८१ जेष्ठ १३ गते आइतवार

आफुलाई फसाईएको भन्दै तुलसा प्रहरी सामु रोइन

म्याद थपका लागि घोराही लगियो

तुलसीपुर, फागुन १७ । स्कूटरबाट  ब्राउन सुगर बरामद भएपछि पक्राउ परेकी ४२ बर्षीया तुलसा पोखरेललाई सोमबार प्रहरीले म्याद थपका लागि घोराही पठाएको छ ।

तुलसीपुर ५ स्थित पोखरेलको घर भित्रै राखेको स्कूटरमा प्रतिबन्धित लागु औषध ब्राउन सुगर बरामद भएपछि प्रहरीले उनलाई आइतवार दिउँसो पक्राउ गरेको थियो । 

 तर, पोखरेलले भने आफुलाई षडेन्त्र पूर्वक फसाईको बताउँदै आएकी छन् । एक प्रहरी अधिकारीका अनुसार आफन्तले नै आफुलाई फसाएको भन्दै तुलसा प्रहरी समक्ष रुने गरेको जानकारी दिए । 

म्याद थपका लागि घोराही लैजान खोज्दा समेत पोखरेल  रोई कराई गर्दै जान नमानेको प्रहरी अधिकारीले बताएका छन् । प्रहरी अधिकारीका अनुसार तुलसा  राति बेहोसपनि भएकी थिइन । उनी बेहोस भएपछि प्रहरीले राति उनलाई अस्पतालमा उपचारका लागि पु¥याएको थियो । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहकी जिल्ला कमिटी सदस्य समेत रहेकी तुलसालाई षडेन्त्र पूर्वक फसाईएको भन्दै नेकपाका नेताहरुले समेत प्रहरीमाथि ब्यापक दबाब सृजना गरेको ती प्रहरी अधिकारीले बताए ।

प्रकाशित मिति : २०७७ फाल्गुन १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *