तुलसीपुर,फागुन १४ ।पारिवारीक नीजि वनका किसानले निजी जमिनमा हुर्काइएका साल प्रजातिका रुखमाथिको प्रतिवन्ध हटाउनु पर्ने माग गरेका छन् ।
पारिवारीक निजी वन सघं नेपाल तुलसीपुरले शुक्रवार पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष जोगराज गिरीले पारिवारीक नीजि पनका किसानले हुर्काएका साल प्रजातिका काठ कटान,ओसार.पसार तथा बिक्री बितरण फुकुवा गर्नुपर्ने माग गरेका हुन ।
२०७६ सालमा वन ऐन बनाएर संघीय सरकारले प्रत्येक स्थानीय तहलाई अधिकार दिएको भएपनि यसको कार्यान्वयन हुन नसकेको भन्दै उनले अब अबिलम्ब प्रतिबन्ध फुकुवा गर्नुपर्ने बताएका हुन ।
उनले स्थानीय सरकारले निजी सम्पत्तिमाथि अधिकारको प्रत्याभूति दिलाउनुपर्ने माग गरे ।सामुदायिक वन र निजी वनलाई सरकारले हेर्ने दृष्टिकोण बिभेदपूर्ण रहन नहुने उनको भनाई छ ।
राज्यले सबैलाई एकै किसिमले हेर्न जरुरी रहेको उनले बताए । पारिवारीक निजी वन संघले यसवर्ष देशभर ५ लाख बढी बिरुवा रोपेको उनले बताए । दाङमा १७ हजार टिमुरका बिरुवा रोपिएको जानकारी दिइएको छ ।