२०८१ बैशाख १३ गते बिहिवार

काँग्रेस केन्द्रीय सदस्य जोशीलाई मस्तिष्कघात

काठमाडौं, फागुन १४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ। ५७ वर्षीय जोशीलाई शुक्रबार बिहान मस्तिष्कघात भएपछि नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ।

जोशीको मस्तिष्कमा रगत जमेको र अपरेशन गरिएको चिकित्सकहरूले बताएका छन । शुक्रबार बिहान ३ बजे जोशीको स्वास्थ्यमा समस्या आएको थियो। त्यसपछि जोशीलाई सुरूमा वीर अस्पताल लगिएको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवाले जोशीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । ट्वीट गर्दै उनले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंह नर्भिक अस्पताल पुगी उनको स्वास्थ्य अवस्था बुझेका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *