२०८२ असार ३१ गते बुधवार

बाघको छालासहित सल्यानका २ ब्यक्ति तुलसीपुरमा पक्राउ


तुलसीपुर, फागुन १२ । सल्यानका दूई व्यक्ति तुलसीपुरमा बाघको छालासहित पक्राउ परेका छन् । सल्यानको बागचौर नगरपालिका वडा नं. ९ का २९ बर्षीय सन्दिप डाँगी र शारदा नगरपालिका वडा नं. १५ का ३७ बर्षीय ईन्द्रबहादुर थापा बिक तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ गोठिखोलाबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान २ बजे रा १ प ८८४७ नं. को मोटरसाईकलमा सल्यानबाट तुलसीपुर तर्फ आउदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट कालो झोलामा लुकाई राखेको पुच्छरको भागदेखि टाउको सम्मको ४ फिट ५ ईन्च लम्बाई १ फिट चौडाईको छाला बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै अगाडिका दूई खुट्टा २ फिट २ ईन्च लम्बाई, पछाडिको दूई खुट्टाको ३ ईन्च ३ फिट लम्बाई रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका बिक र डाँगीलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला वन कार्यालय पठाइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *