२०८२ असार २७ गते शनिवार

लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठि सम्पन्न

तुलसीपुर,माघ २८ । लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठि तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको आयोजनामा बुधवार तुलसीपुर उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा समसामायिक शान्ति सुरक्षाको अवस्था, नेपाल सरकारबाट घोषणा भएको अगामी निर्वाचन र सुरक्षा व्यवस्थापन, प्रतिबन्धित विप्लव समुहबाट हुन सक्ने संभावित जोखिम न्युनिकरण लगाएत अपराध अनुसन्धान तथा नियन्त्रणका लागी सुचना आदान–प्रदान एवंम समन्वयात्मक भुमिकाको बारेमा छलफल भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

सो अवसरमा मध्यपश्चिम पृतना हेडक्वाटर, बुटवलका पृतनापति उपरथी संजय थापा, यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र बहादुर धानुक, बिन्दबासनी वाहिनी कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान लुम्बिनी प्रदेशका अनुसन्धान निर्देशक सुनिल कुमार ढकाल लगायत नं. १९ र नं. २२ बाहिनीका नि.बाहिनीपतिहरु समेतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ माघ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *